दुर्इ सातामै अब जिल्लाबाट राहदानी पाइने



MRP NEPALकाठमाडाैं, असार १७

राहदानीका लागि आवेदन दिएको दुई साताभित्रै जिल्लाबाटै साधारण शुल्कमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) उपलब्ध गराउने गरी सरकारले तयारी थालेको छ। राहदानी विभागले दोब्बर राजस्व तिरेपछि तीन दिनमा नै पासपोर्ट उपलब्ध गराउने भएपछि जिल्लाबाट पनि जतिसक्दो छिटो दिन दबाब परेको हो।
जिल्लाबाट साधारणतया ५ हजार रुपैयाँ तिरेर ४५ दिनमा दिनुपर्ने पासपोर्ट नियमावलीमा उल्लेख भए पनि पछिल्लो सहजताको कारण जिल्लाले २५ दिनदेखि महिनादिनभित्र एमआरपी उपलब्ध गराउँदै आएका थिए। राहदानी आवेदन फारम जिल्ला जिल्लाबाट जम्मा गरेका १० दिनमा विभागले ल्याउने र विभागले १० दिनपछि राहदानी दिने गरेकोमा अब ७ दिनमा विभागमा ल्याउनु पर्ने र विभागले फारम आएको भोलिपल्टै दिनुपर्ने व्यवस्था गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News