कश्मीरलाई दिएको विशेषाधिकार खारेजीको समर्थन जुटाउन मोदी युएई भ्रमणमा


 


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा निस्केका छन्। कश्मीरलाई दिएको विशेषाधिकार खारेजीपछि प्रधानमन्त्री मोदी समर्थन जुटाउने र आफ्नो प्रभाव देखाउने शिलशिलामा विभिन्न देशको भ्रमणमा छन्। यसअघि विदेशमन्त्री एस जयशंकरसमेत लगातार विभिन्न देशको भ्रमणमा निस्केकाे थिए।

युएइको अबुधाबी पुग्नु भएका भारतीय प्रधानमन्त्री मोदीलाई त्यहाँका क्राउन प्रिन्स शेख मुहम्मद बिन जायेद अल नाहयानले स्वागत गरे। मोदीलाई शनिबार नै त्यहाँको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ । यो भ्रमणका क्रममा मोदीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा छलफल गर्ने भारतीय अधिकारीहरुले जनाएका छन् ।

मोदीले युएईको भ्रमणपछि फ्रान्सको भ्रमण गर्ने कार्यतालिका रहेको छ । उनी बहराईन, युएई र फ्रान्सको भ्रमणमा निस्केका हुन्।

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्