हवाइ इन्धनको मूल्य घट्याे


 


काठमाडाैं, असार १७

नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । आजै रातिदेखि लागू हुने गरी निगमले आन्तिरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो । यसअघि १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मूल्य अब ९९ रुपैयाँमा झरेको छ । अब हवाइ इन्धनको मूल्य पेट्रोल कै बराबर भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

अहिले काठमाडौंमा पेट्रोल लिटरको ९९ रुपैयाँकै कारोबार भइरहेको छ । यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १ सय डलरले घटेको छ । यसअघि प्रतिकिलोलिटर ९ सय ८१ डलर रहेको हवाइ इन्धनको मूल्य अब ८ सय ८१ डलरमा झरेको छ ।

प्रकाशित मिति: १७ असार २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्