मलेसियन क्लबसँग नेपाली राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल


 


काठमाडौं, भदौँ ९

नेपाली राष्ट्रिय फुटबल टोलीले आज सोमबार मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालले मलेसियन लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेल स्थानिय समयअनुसार राति पौने नौ बजे सुरु हुनेछ । मलेसियन लिग च्याम्पिन क्लब जोहार डारुल टाजिम एफसीसँगको खेलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् ।

नियमित कप्तान विराज महर्जन र उप–कप्तान किरण चेमजोङ टिम बाहिर भएका कारण सुजललाई कप्तानीको जिम्मेबारी दिएको हो ।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्