मलेसियन क्लबसँगको मैत्रीपुर्ण खेलमा नेपाल पराजित



काठमाण्डौँ, भदौँ १०

विश्वकप छनोटको तयारीमा रहेको नेपालले मलेसियन क्लब जोहोर दारुलविरुद्ध खेलेको मैत्रिपुर्ण खेलमा १ – ० को हार ब्योहोरेको छ। सोमबार भएको खेलमा मलेसियन लिग च्याम्पियन दारुलले गरेको एक गोलनै निर्णायक बन्यो।

नेपाल विरुद्ध खेलको तेस्रो मिनेटमानै फ्रिकीकमार्फत दारुलले अग्रता बनाएको थियो। उसका लागि निकोलस अलबर्टो फर्नान्डेजले गरेको उत्कृष्ट फ्रिकीक नेपाली डिफेन्डर देवेन्द्र तामाङमा डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो।

मलेसियाको लिग च्याम्पियनविरुद्ध सुरुवातमानै गोल खाएपनि नेपाली फुटबल टिम त्यसपछि सम्यमित बनेको थियो। खेलमा केहि अवसरहरु पाएको नेपालले गोल गर्न भने सकेन्। मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा पहिलो पटक मैदानमा उत्रिएको नेपाली टिमले दारुललाई खुलेर खेल्न दिएन्। विश्वकप छनोट अन्तर्गत नेपाले पहिलो खेल कुवेतसँग १९ भदौमा अवे खेलका रुपमा प्रतिष्पर्धा गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News