भारतसँग आणविक युद्ध हुन सक्ने पाकिस्तानका प्रधानमन्त्री खानको चेतावनी


 


एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको द्वन्द्व युद्धतर्फ अगाडि बढ्यो भने आणविक युद्धको अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

यस्तो युद्धमा कसैको पनि जित नहुने उनको जिकिर छ । हिजो एक ट्विटमा प्रधानमन्त्री खानले पाकिस्तान र भारत दुवै देशसँग आणविक हतियार रहेको स्मरण गराएका हुन् ।

आणविक युद्धको परिणाम विश्वका लागि भयानक हुने चेतावनी पनि खानले दिएका छन् । उनले आफ्नो ट्विटमा विश्व समुदायलाई पनि आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरेका छन् ।

पाकिस्तान जुनसुकै हदसम्म पनि जान सक्ने उनले बताएका छन् । पछिल्लो समय भारत र पाकिस्तानबीच कस्मिरको विषयलाई लिएर तनाव बढेको छ । कस्मिरलाई दिँदै आएको विशेषाधिकार युक्त राज्यको मान्यता भारतले हटाएपछि दुवै देशबीच तनाव बढेको हो ।

बेलायतबाट स्वतन्त्र भएलगत्तै टुक्रिएर अलग्गै देश बनेको पाकिस्तान र भारतले त्यसयता तीनवटा लडाइँ लडिसकेका छन् । भारत र पाकस्तिानका दुई युद्धको कारण कस्मिर विवाद नै रहेको थियो ।

प्रकाशित मिति: १० भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्