हवाइ भाडा घट्याे, कहाँ जाँदा कति भाडा ? (सूचिसहित)



काठमाडाैं, असार २०

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।

सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ११५ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ३८५रुपैयाँ घटाइएको छ ।

यसैगरी, काठमाडौंबाट विहानमा हुँदै आएको माउन्टेन फ्लाइटमा ३७५ रुपैयाँ घटाइएको छ । निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको छ । यसअघि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।

यस्ताे छ नयाँ भाडादर

देखि सम्म घटेको शुल्क (रु.) नयाँ भाडा (रु.)
काठमाडौं पोखरा १६५ ४२३०
काठमाडौं भैरहवा २०५ ५३००
काठमाडौं बिराटनगर २३५ ६०५५
काठमाडौं भरतपुर १३५ ३०९०
काठमाडौं भद्रपुर २७५ ७३८५
काठमाडौं धनगढी ३८५ १०६०५
काठमाडौं नेपालगञ्ज २९५ ७९५५
काठमाडौं जनकपुर १५० ३५९५
काठमाडौं माउन्टेन फ्लाइट ३७५ ९०१०
काठमाडौं तुम्लिङटर २०५ ४९८५
काठमाडौं सिमरा ११५ २६५०

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News