सुनचाँदीको भाउ घट्यो


 


काठमाडाैँ, असार २४
साताको अन्तिम दिन शुक्रबार आज सुनचाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला १ सय रुपैयाँ कम हुँदै ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार र बिहीबार सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै बुधबार अढाई वर्षयताकै महँगो भएर ९ सय ५ रुपैयाँ प्रतितोला पुगेको चाँदीको भाउ बिहीबार स्थिर थियो भने आज शुक्रबार १० रुपैयाँ घटेको छ। मूल्य घटेसँगै चाँदी आज ८ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: २४ असार २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्