एमाले पर्यटन विभागको सचिवमा रिजाल


 


chandra rijal

काठमाडौ, असार २९

नेकपा एमाले पर्यटन प्रबद्र्धन विभागको सचिवमा वरिष्ठ पर्यटन ब्यवसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् । दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष एवं ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट माथि उठेका रिजाल यस अघि नेकपा एमाले उद्योग व्यवसाय विभागको सदस्य थिए ।

बुधबार नेकपा एमाले केन्द्रिय कार्यालयमा आयोजित विभागको पहिलो बैठकले रिजाललाई सर्वसम्मत सचिव चयन गरेको विभागका सदस्य कृष्णहरि खत्रीले जानकारी दिए । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता विभागका प्रमुख सूर्य थापाले गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले सरकारको समर्थन फिर्ता लिने र अविश्वास प्रस्तावको परिक्षण व्यवस्थापिका संसदबाटै गर्ने बताए । विभागका प्रमुख थापाले पर्यटन क्षेत्र आफैंमा मुलुकको आर्थिक सम्बृद्धिका निम्ति मेरुदण्ड भएकाले यस क्षेत्रको विकास र प्रबद्र्धनमा विभागको मुख्य जिम्मेवारी हुने बताए ।

थापाले पार्टीको कान्छो विभागको रुपमा रहेको पर्यटन विभागलाई आगामी दिनमा सशक्त बनाई पार्टी पदाधिकारीको समेत ध्यान खिच्न सक्ने हैसियतमा पुर्याएर जिम्मा लगाउने प्रतिबद्धता व्यक्त गरे । २३ सदस्यीय विभागमा १९ जनाको उपस्थिति थियो । बैठकले विभिन्न विभागीय जिम्मेवारी तोक्दै हरेक गन्तव्यमा नीतिगत बैठक बस्ने निर्णय गरेको छ ।

को हुन् रिजाल ?

अनेरास्ववियुमा लामो समय राजनीति गरेका चन्द्रप्रसाद रिजाल, नेकपा एमाले उद्योग विभागको पूर्व सदस्य, एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दुई कार्यकाल सफल अध्यक्ष हुन् । त्यस्तै पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासका निम्ति स्थापीत छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को ३७ औँ केन्द्रिय वार्षिक साधारणसभा सँगै सन् २०१५ देखि २०१७ सम्मका लागि उनी टानको अध्यक्ष छन् ।

२०२९ सालमा धादिङ जिल्लाको दुर्गम क्षेत्र खाल्टे गाविस वडा नं. ३ मा जन्मिएका रिजाल ठूलोवुवाको राजनीतिक प्रेरणा र नेपाली पुरुषप्रधान समाजमा अन्यायमा परेका महिलाहरुलाई गाउँ गाउँबाट न्याय दिलाउनुपर्छ भन्दै ४ कक्षा पढ्दादेखि नै रिजाल राजनीति र समाजसेवामा सक्रिय भए । सरस्वती क्याम्पस र त्रिचन्द्रको राजनीतिमा अखिलको अध्यक्ष भएर काम गरेका रिजाल २०४६ सालको आन्दोलनमा सक्रिय विधार्थी राजनीतिमा लागेका थिए । सँगै समाज परिवर्तनको दिशामा निरन्तर लागिरहेका छन् । रिजाल २०५० सालदेखि पर्यटन क्षेत्रसँग संलग्न छन् । २०५० सालमा नेपालको पर्यटनबारे गहन अध्ययनमा लागेका रिजालले सन् १९९८ अर्थात् २०५४÷२०५५ मा ठमेलको ज्याठामा होटल डिप्लोम्याट प्रा.लि.संचालनमा ल्याएर पर्यटन व्यवसायमा प्रत्यक्षरुपमा जोडिएका थिए ।

२०६२÷६३ को आन्दोलनका क्रममा पर्यटन व्यवसायी भएकै कारण प्रहरीको कठोर यातना खेपेका रिजालसँग दुई दशक बढिको पर्यटन अनुभव छ । उनी विगत ९ वर्षदेखि पर्वतीय पर्यटन र पदयात्राका क्षेत्रमा संलग्न छन् । २०६२÷६३ को प्रहरीको यातना पछि व्यवसायीक हकहितका क्षेत्रमा अझै सक्रिय रिजाल त्यतिबेला होटल एशोसियसन अफ नेपाल हानको केन्द्रिय सदस्य बनेर पर्यटन क्षेत्रको विकासमा थप सक्रिय थिए । पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थामा रहेर व्यवसायीक हितमा संलग्न उनले साना पुँजी भएका पर्यटन व्यवसायीको स्तर वृद्धि गर्ने योजना अनुरुप पर्यटन सहकारी संस्थाको अबधारणा ल्याएर सहकारी नै स्थापना गरे । पर्यटन क्षेत्रमा लोकप्रिय र साना व्यवसायीको हकहितका लागि २०६७ सालमा दिगो पर्यटन सहकारी स्थापना गरी उनी संस्थापक अध्यक्ष र हालसम्म पनि अध्यक्षकै भूमिकामा छन् । दिगो पर्यटन सहकारी मार्फत उनले करोडौंको कारोबारमा साना व्यवसायी लाई समेटेका छन् ।

भूकम्पपछि नेपालको पर्यटन उद्योगमा अन्तर्राष्ट्रिय बजारमा परेको नकारात्मक असरलाई कसरी चिर्न सकिन्छ भनेर सोहि अनुरुपका गतिबिधिमा सक्रिय उनले प्रमुख तीन ठूला दलको पर्यटन क्षेत्रसँग सम्बन्धित संगठन द्वारा २६ बुँदे आधारणा पत्र तय गरेर नेपालको पर्यटन पुनरुत्थानमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

नेपाल ¥याफिटङ एण्ड क्यानोनिङ एशोसियसनको पूर्व उपाध्यक्ष, होटल डिप्लोम्याट प्रा.लि.को प्रबन्ध निर्देशक लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संस्थामा रिजालले काम गरिसकेका छन् । राम्रो कामलाई फैलाउने र नराम्रोलाई औंल्याउने सामाजिक सेवामा आफुलाई जीवनभर समर्पित गर्दै अगाडि बढिरहेका रिजाल सकारात्मक सोच राख्ने लगनशील, मिलनसार व्यक्तित्व हुन् ।

पर्यटन बोर्डको भ्रष्टाचार र अनियमितता काण्डमा संयुक्त पर्यटन समन्वय समिति (जेटिसीसी)को आन्दोलनमा सक्रिय हुँदा पुलिसको बुटको कुटाईबाट किड्नीमा गम्भिर असर पर्दा समेत त्यसको चिरफार आन्दोलनमा सक्रिय रिजाल थोरै बोल्ने तर बोलेको कुरा पुरा गर्ने स्वाभावका व्यक्तित्व हुन् । त्यसैले पर्यटन क्षेत्रमा रिजाललाई धेरैले मन पराउँछन् ।

प्रकाशित मिति: २९ असार २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्