अफगानिस्तानलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश



२४ भदौ, काठमाडौं
श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानलाई पराजित गर्दै भारत समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार समूह ‘ए’ को अन्तिम खेलमा भारतले अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको हो । अफगानिस्तान भने उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । १२५ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ३८.४ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतको जितमा सालिल अरोरा र शाश्वत रावतले समान २९–२९ रन बनाए । त्यस्तै, अर्जुन आजदले २१ रन बनाए ।

अफगानिस्तानका लागि नोर अहमादले चार विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले खराब प्रदर्शन गर्दै ४०.१ ओभरमा सबै विकेटको क्षतिमा १२४ रन मात्रै बनायो । अफगानिस्तानका लागि अविदउल्लाह तानिवालले ३९ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

भारतका लागि सुशान्त मिश्रले पाँच विकेट लिए ।

यता, समूह ‘बी’ बाट आयोजक श्रीलंका र बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । तर यो समूहको विजेता र उपविजेताको टुंगो भने मंगलबार लाग्नेछ ।
समूह ‘ए’ बाट पाकिस्तान र कुवेत बाहिरिदा समूह ‘बी’ बाट नेपाल र यूएई प्रतियोगिताबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News