प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि शिक्षण अस्पतालमा



काठममाडौं सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओली बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन्।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतका अनुसार फलोअपका लागि पुगेका प्रमको स्वास्थ्य जाँच सुरू गरिएको छ। तर प्रधानमन्त्रीको सचिवालयका कुनै पनि अधिकारीले यसबारे बोल्न इन्कार गरेका छन्।

प्रमको उपचारमा संलग्न चिकित्सकहरूले पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो। उनी यही २० गते स्वदेश फर्किएका थिए। उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्। उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। सिंगापुरमा प्रमक सात पटक प्लाज्माफेरेसिस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News