बाेर्ड र टीमबीच कुु्रा नमिल्दा बंगलादेश प्रिमियर लीग नै खारेज


 


काठमाडाैं, भदाै २७
बंगलादेश क्रिकेट बोर्डले बंगलादेश प्रिमियर लिग (बीपीएल) खारेज गरिदिएको छ । खारेज भएपछि अबदेखि बीपीएल नहुने भएको छ । क्रिकेट बोर्डले बीपीएललाई खारेज गर्दै टी–२० टुर्नामेन्ट आयोजना गर्ने जनाइसकेको छ ।

बंगलादेश क्रिकेट बोर्ड र फ्रेन्चाइज टिमबीच भएको बैठकमा कुरा नमिलेपछि बोर्डले बीपीएल गर्न अनुमति नदिने निर्णय गरेको अध्यक्ष नजमुल हसनले बताए । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुलले फ्रेन्चाइज टिमलाई नयाँ सम्झौता गर्न आग्रह गर्दा उनीहरुले अस्वीकार गरेकाले यस्तो निर्णयमा पुगेको बताए ।

यस पटकदेखि बीपीएलको साटो अस्ट्रेलियाको बिग बास लीगको मोडेलमा खेल सञ्चालन हुनेछ । टी २० टुर्नामेन्ट बंगलादेशका राष्ट्रपिता शेख मुजीबर रहमानको १०० औं जन्म जयन्तीको अबसरमा आयोजना गर्ने जनाइएको छ ।

यस्तै, ‘‘हम अगमिन टी–२०’ को पनि नाम परिवर्तन गरेर अबदेखि बंगबन्धु टी–२० राख्ने निर्णय गरिएको छ । गत संस्करणको बीपीएलको उपाधि कोमिल्ला भिक्टोरियनले जितेको थियो । बीपीएलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने सिलेट सिक्सरबाट खेलेका थिए ।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्