सन्नी लियोनी काठमाडौंमा, नेपाली फिल्ममा काम गर्न आतुर



काठमाडौं, २७ भदौ

बलिउड अभिनेत्री सन्नी लियोनी तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेकी छिन्। उनी बिहीबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरिन। खासमा सन्नी आफूले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’को प्रिमियर शोमा सहभागी हुन काठमाडौं आएकी हुन्।

उनी बिहीबार साँझ उक्त फिल्मको प्रिमियर शोमा उपस्थित भइन्। कमल पोखरीस्थित कुमारी हलमा आयोजित फिल्म प्रिमियरमा राती पौनै ९ बजे पुगेकी सन्नीलाई हल परिसरमा लाखे नाच र पञ्चकन्याले स्वागत गरिएको थियो ।

सन्नीले नेपाली फिल्मको हिस्सा हुन पाउँदा खुसी लागेको बताइन्। पासवर्ड अहिलेसम्मकै बिग बजेटको फिल्म भएको आफूले ठानेको बताउँदै सन्नीले आगामी दिनमा पनि नेपाली फिल्म खेल्ने प्रतिवद्धता जनाइन्। मुख्य भूमिकामा नेपाली फिल्म खेल्न आफू आतुर रहेको उनको भनाई थियो।

कार्यक्रममा निर्माण पक्षले सन्नीको मुख्य भूमिका रहने गरी नयाँ फिल्म बनाउने घोषणा समेत गरेको थियो। सन्नीले प्रिमियरमा सहभागी हुँदै उक्त फिल्म समेत हेरिन। प्रिमिरयमा कलाकार भुवन केसी, कलाकार दीपाश्री निरौला, अशोक शर्मा लगायत सहभागी थिए।

शनिबार स्वदेश फर्किनेगरी आएकी सन्नीले शुक्रबार काठमाडौं लगायतका उपत्यकाका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News