नेपाल आईस धनगढी फुटसल लिगकाे उपाधि कैलाश विकास बैंकलाई




धनगढी, भदौ २८
धनगढीमा आज सम्पन्न नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास बैंकले जितेको छ । नविल बैंकलाई ९—४ ले हराउँदै कैलाश विकास बैंकले उपाधि हात पारेको हो ।

सुदूरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको नेपाल आईस धनगढी फुटसल लिगको विजेता बनेसँगै कैलाश विकास वैंकले नगद ५० हजारसहित टफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको नविल बैंकले नगद २५ हजारसहित टफी मेडल र प्रमाणपत्र पाएको छ ।

कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ह्याटिक गरे भने रमेश वोहोराले २ र महेश चौधरीले एक गोल थपे । नविका लागि विवेक विष्टले २ तथा विरेन्द्र विष्ट र केशव चौधरीले एक एक गोल फर्काए ।

फ्ल्याटल्याण्ड फुटसलमा भदौ ६ गतेदेखि सुरु भएर शनिबार सकिएको लिगको उत्कृष्ट खेलाडी नविल वैंका विरेन्द्र विष्ट भए । सर्वाधिक गोलकर्ता कैलाश विकास बैंकका रमेश बोहरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा भए । विजयी खेलाडीहरुलाई एक समारोहकाबीच ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष शाहको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड रहेका थिए । बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्ट र नेपाल राष्ट बैंक धनगढीका निर्देशक निञ्चल अधिकारी विशिष्ठ अतिथि ररहेका थिए ।

फ्ल्याटल्याण्ड फुटसलको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह–आयोजनामा भएको धनगढी फुटसल लिगलाई सिजी ब्रुअरीको उत्पादन नेपाल आईसले प्रायाृेजन गरेको थियो भने धनगढी उपमहानगरपालिका प्रबद्र्धक रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News