हरियो चुराको कारोबार बढ्यो


 


churaयोगेन्द्रकुमार जोगी
संखुवासभा, साउन ६
साउन महिना सुरु भए लगतै संखुवासभाका चुरा पसलहरुमा हरियार पहेंला चुराहरुको कारोबार बढेको छ । विषेशगरी साउन महिनामा लगाइने हरियो,पहेंलो चुरा पसलहरुमा धमाधम बिक्री हुन थालेकोहो । अहिले सदरमुकाम खाँदबारी तथा जिल्लाका मुख्य बजारहरु चैनपुर , बाह्रबिसेबजार, तुम्लिङ्टार बजार लगायतका कस्मेटिक पसलहरुमा हरियो चुराकोव्यापार बढेको स्थानीय व्यापारीहरुले बताएका छन् ।

साउन महिनामा बालिका,युवती, अधबैंसे नारी, बृद्ध महिला सबैले हरियो चुरा लगाउने गर्छन् । विवाहिताले श्रीमानको लामो आयु र अविवाहितले राम्रो श्रीमान पाउँ भन्ने कामना सहित हरियो चुरा लगाएको स्थानीय कुमारी श्रेष्ठले बताइन।

साउन महिनामा जताततै हरियो हुने र हरियो चुरा लगाउनाले हरियो घाँसमा भेटिने हुनाले हरियो चुरा लगाएकी कस्मेटिक पसल चैनपुरका मनिषा श्रेष्ठबताउँछिन् । साउन महिना लाग्ने बितिकै आफ्नो पसलमा ग्राहकहरुको संख्या ह्वात्तै बढेको चुरा व्यापारी अनिता श्रेष्ठको भनाइ छ । चुराको मूल्य प्रति दर्जन ३० रुपैया बिक्रि हुने गरेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्