हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको तयारी पूरा


 


सुरुङ्गा, ६ असोज

झापाको विर्तामोडमा असोज ११ गतेदेखि आयोजना हुने हाम्रो ‘पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप–२०७६’ को तयारी पूरा भएको छ ।

विजया दशमीको अवसर पारेर जायोन स्पोर्टस् क्लब विर्तामोडले प्रातियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा दुई विदेशीसहित आठ फुटबल टिमले सहभागिता जनाउने विर्तामोडमा आज पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक समितिका सचिव महेन्द्र पाण्डेका अनुसार प्रतियोगिताको विजेता टिमले रु १२ लाख ५० हजार र उपविजेताले रु छ लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

विर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र गोल्डकप सम्पन्न गर्न रु ८० लाख खर्च लाग्ने अनुमान गरिएको छ । असोज १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा सिक्किम आक्रमक र सङ्कटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतियोगितामा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसहित झापा ११, गोर्खा ब्वाइज रुपन्देही, थ्रीस्टार क्लब, मोलवे आसाम गरी आठ टिमको सहभागिता रहने आयोजक समितिका सचिव पाण्डेले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रयोजकका रूपमा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था रहेको आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्