मेस्सीले पाए फिफा वर्ष खेलाडी अवार्ड, रोनाल्डोलाई उछिने


 



काठमाडौं, असोज ७
रोनाल्डोलाई उछिन्दै बार्सिलोनाका कप्तान लियोनल मेस्सीले यस वर्षको फिफा खेलाडी अवार्ड हात पारेका छन् । उत्कृष्ट खेलाडीका लागि फुटबलको प्रशासनिक निकायले दिने अवार्ड उनले जितेका हुन् ।

गत वर्ष राष्ट्रिय टीमबाट खासै राम्रो खेल्न नसकेपनि उनको टीम बार्सिलोनाले ला लिगा फुटबलको उपाधि भने जितेको थियो । उक्त प्रतियोगितामा मेस्सीले ५४ गोल गरेका थिए ।

उनले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै फिफा पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । केही वर्षअघि बालोन डी अवार्डमा मेस्सी र रोनाल्डोलाई पछि पारेर अवार्ड जितेका भर्जिल भान डिजेकलाई फिफा अवार्डको बलियो दाबेदार माएिको थियो ।

उनको टीम लिभरपुलले गएको सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । मेस्सीले सान, २००९, २०१०, २०११, १०१२ र २०१५ मा पनि अवार्ड जितेका थिए ।

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्