सुनको मूल्य आजपनि घट्यो


 



काठमाडौं, असोज १४
नेपाली बजारमा सुनचाँदीको मूल्य थप घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला ६९ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७० हजार रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै, आज चाँँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला आठ सय २५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्