एकै परिवारका चारसहित पाँच जनाको शव घर भित्रको खाल्डोमा


 


खाल्डोमा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनीदेवी, छोरी सुमनी कुमारी, जोगाका भाई ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक भारती कामदारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता डिएसपी रञ्जित राठौरले जानकारी दिए ।

मृतक महेन्द्रका श्रीमती र उनका दुई छोरी भने घर बाहिर भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ । खाल्डामा मदिरा बनाउने केही कच्चा पदार्थ भेटिएको छ । उनीहरुको शरीरमा कुनैपनि चोटपटक नभएको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे अनुन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्