लागूऔषधसहित दुईजना पक्राउ


 



धनगढी, असोज १७
कैलाली प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै ठाउँबाट दुई जना पक्राउ गरेको छ । पैहरीले खैरो हिरोइन (ब्राउन सुगर)सहित धनगढीबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार साँझ धनगढी उपमहानगरपालिका वडा नं.२ बाट २१ वर्षीय मनोज ढुंगानालाई पक्राउ गरेको हो । लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यसतर्फ खटिएको थियो ।

ढुंगानाको साथबाट प्रहरीले चार ग्राम सात १० मिलिग्राम, जलेको नेपाली २० रुपैयाँ र कतारको रुपैयाँको किनारामा जलेको जस्तो नोट थान दुई टुक्रासहित बरामद गरिएको छ ।

यसैगरि, प्रहरीले गोदावरी नगरपालिका वडा नम्वर २ अत्तरिया बजारबाट एक जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह आरआईटी र ईलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले बझाङ सुर्मा गाउँपालिका वडा नम्वर ४ बस्ने २३ बर्षीय सुरेश पुजारालाई पक्राउ गरेको हो ।

प्लाष्टिकको बोरा भित्र रहेको आलुमा सेतो कपडा बेरी राखिएको छ किलो चरेश पनि बरामद गरिएको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्