भोजपुरको १६ गाविस घरभित्रको धुँवामुक्त घोषणा


 


भोजपुर, साउन १६

भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ । भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्ज्याङ, कोट, सिद्धेश्वर याङ्पाङ, श्यामशिला, दलगाउँ, ओख्रे धोद्लेखानी गाविस घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नाम्सालिङ सामुदायिक विकास केन्द्र इलाम हुँदै जिल्ला सेवा केन्द्र सामूहिक अभियान भोजपुरको पहलमा घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको हो ।

घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएका १६ गाविसमा १९ हजार ५८८ सुधारिएको चुल्हो बनिसकेको जिल्ला सेवा केन्द्र सामूहिक अभियानका कार्यक्रम संयोजक मिलन भण्डारीले जानकारी दिनुभयो ।  भोजपुरमा सन् २००८ बाट सुरु भएको सुधारिएको चुलो अभियान कार्यक्रम सन् २०१७ सम्म चल्ने भएको छ । रासस

प्रकाशित मिति: १६ श्रावण २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्