टी–२० अन्तर्राष्ट्रिय क्रिकेट: आज नेपाल नेदरल्याण्डसंग भिड्दै



काठमाडौं, असोज २०
ओमानको अल अम्रैट क्रिकेट मैदानमा भइरहेको पाँच देशीय टी–२० अन्तर्राष्ट्रि क्रिकेट सिरिज अन्तर्गत आज नेपाल नेदरल्याण्डसंग भिड्दैछ ।

नेपाल आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसंग भिड्न लागेको हो । खेल नेपाली समयअनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।

यो सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसंग ६ विकेटले पराजित भएको थियो । नेपालले भने आयरल्याण्डसंग विहीबार खेल्नेछ । अन्तिम खेल नेपालले ओमानसंग शुक्रबार खल्नेछ ।

यसअघि नेपालले नेदरल्याण्डसंग भएका पाँच खेलमध्ये तीन खेलमा पराजय भोगेको थियो भने एक खेल जितेको र एक रद्ध भएको थियो । सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट आयरल्याण्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News