विश्वकप फुटबल छनोट: एसियाको महारथीसंग भिड्दै नेपाल


 


काठमाडौं, असोज २३
आगामी २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भइरँदा नेपालले आज फुटबलका लागि एसियाको महारथी मानिएको अष्ट्रेृलियासंग प्रतिस्पर्धा गर्दैछ ।

अष्ट्रेलियाको क्यानबेरामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजेट सुरु हुनेछ । यो खेल नेपालका लागि निकै चुनौतिपूर्ण हुनेछ ।

अष्ट्रेलियाले लगातारु रुपमा विश्वकपमा सहभागिता जनाउँदै आएको छ । अष्टे«लिया बरियताक्रममा ४४ नम्बरमा छ भने नेपाल १६१ औं स्थानमा छन् ।

नेपाली टोलीका प्रशिक्षक योहान कालिनले भने खेलाडीले राम्रो खेल्नेमा आफू विश्वस्त रहेको बताएका छन् । नेपालले अहिलेसम्म दक्षिण कोरियासंग ३४ गोल खाएको रेकर्ड छ ।

प्रकाशित मिति: २३ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्