ग्रिसलाई पराजित गर्दै इटाली युरोकपका लागि छनोट


 



काठमाडौं, असोज २६
ग्रिसलाई २–० ले पराजित गर्दै इटाली अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएको छ । इटालीको रोममा भएको खेलमा घरेलु टोली विजयी हुँदै युरोकपका लागि तयार भएको हो ।

इटालीको जितमा जर्जिनो र बर्नाडेस्चीले एक–एक गोल गरे । जितसंगै इटालीले युरोकप फुटबल छनोटको समूह ‘जे’ मा सात खेलबाट २१ अंक जोडेको छ । समान खेलबाट १२ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा छ ।

यसअघि भएको खेलमा उसलाई बोस्निया हर्जगोभिनाले ४–१ ले पराजित गरेको हो । समूह ‘एफ’को खेलमा स्पेनले नर्वेसंग १–१ गोलको बराबरी खेलेको छ ।

खेलसंगै स्पेनिस डिफेन्डर सर्जियो सामोस युरोपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । उनले अहिलेसम्म स्पेनका लागि १ सय ६८ खेल खेलका छन् ।

युरोकप छनोटका अन्य खेलहरुमा डेनमार्कले स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दा स्विडेनले माल्टालाई ४–१ तथा रोमानियाले फारो आइल्याण्डलाई ३–० ले पराजित गरेको छ ।

प्रकाशित मिति: २६ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्