भाेजपुरमा खाेलाले बगाएर एककाे मृत्यु, एक बेपत्ता



भाेजपुर, साउन २१

खाेलाले बगाएर भाेजपुरमा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना बेपत्ता भएका छन् । अाज बिहान  साढे ९ बजे जिल्लाकाे कोट गाबिस ८ मा  घाँस काट्न  गएका यही ठाउँका  बर्ष १३  बर्षिय मन कुमार तामाङलार्इ पिखुवा खाेलाले बगाउँदा मृत्यु भएकाे हाे । खाेलाले बगाउँदा लेखर्क गाबिस ७ का १४ बर्षिय सुबास तामाङ बेपत्ता भएका छन् ।

विहान घाँस काटेर नजिकै रहेकाे पिखुवा खोलामा नुहाउने क्रममा दुबै जनालाई बगाई बेपत्ता बनाएकाे थियाे । प्रहरी र स्थानीयकाे सक्रियतामा खोज तलास गर्दै जाँदा घट्नास्थल देखि पाँच सय मिटर तल मन कुमार तामाङको सब फेला परेकाे प्रहरीले जनाएकाे छ । बेपत्ता भएका सुबास तामाङको खोज तलास जारी रहेकाे प्रहरीकाे भनार्इ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News