बलिउड अभिनेतृ अमिषाविरुद्ध पक्राउ पुर्जी जारी


 



एजेन्सी
बलिउड अभिनेतृ अमीषा पटेलविरुद्ध भारतको झारखण्डस्थित राँचीको अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनीमाथि धोका र चेक बाउन्सको मामिलामा पक्राउ पुर्जी जारी गरिएको हो । उनीविरुद्ध राँची निवासी फिल्म निर्माता अजयकुमार सिंहले उजुरी दिएका हुन् ।

सिंहकाअनुसार अमीषा र उनका व्यापारिक साझेदार कुणालले उनीबाट सिनेमा बनाउन दुई करोड ५० लाख रुपैयाँ लिएका थिए । तर, सिनेमा बनाएर रकम फिर्ता गर्ने बाचा गरेपनि सिनेमा रिलिज भएन ।

पछि अमीषाले सिंहलाई तीन करोडको चेक दिइन् । तर, पनि त्यो चेक बाउन्स भयो । अब पक्राउ पुर्जी लिएर राँची प्रहरी मुम्बई जानेछ । आफ्नो फोनकोसमेत वेवास्ता गरेपछि बाध्य भएर उजुरी दिनुपरेको सिंहले बताएका छन् ।

गत वर्ष नै अमीषाले देशी म्याजिक सिनेमा बनाउनका लागि सिंहबाट पैसा लिएकी थिइन् । पेटल हाल १३ औं संस्करणको विग बोसकी प्रतिस्पर्धी छिन् ।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्