रोनाल्डाेले पुरा गरे ७ सय गोल, तोडियो सबै रेकर्ड


 


काठमाडौं, असोज २८

विश्व चर्चित स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सात सय गोल पुरा गरेका छन् । सोमबार राति भएको खेलमा उनले युक्रेनविरुद्ध गोल गरेसँगै ९७३ खेलबाट रोनाल्डोले आफ्नो करियरकै सात सय गोल बनाउन सफल भएका हुन् । यो उनको नयाँ रेकर्ड हो ।

उनले आफ्नो देशको लागि ९५ गोल पूरा गरेका छन् । उनले आफ्नो करिअरमा यस्तो रेकर्ड राख्न सफल भए पनि पोर्चुगल युरोकप छनोटमा युक्रेनसँग पराजित भएको छ ।

समूह ‘बी’ मा रहेको पोर्चुगलले सोमबार राति युक्रेनसँग उसैको भूमिमा २–१ गोलको हार ब्यहोरेको छ । पहिलो हाफमा नै २–० गोलले पछि परेको पोर्चुगलका लागि खेलको ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै फर्किने संकेत देखाएका थिए । तर बाँकी समयमा गोल गर्न नसक्दा पोर्चुगल पराजित भयो ।

समूह ‘बी’ मा रहेको पोर्चुगलले ६ खेलबाट तीन खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारसहित ११ अंक बनाएर दोस्रो स्थानमा छ । युक्रेन भने सात खेलबाट ६ खेलमा जित र एक खेलमा बराबरी खेल्दै १९ अंकसहित शीर्ष स्थानमा रहंदै युरो कप २०२० मा छनोट भएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्