सुनचाँदीको मूल्य फेरि घट्यो, हेर्नुहोस् कतिमा झर्यो आज ?


 



काठमाडौं, असोज २९
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला आठ सय ५० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्