विश्वकप छनोटः नेपाल जोर्डनसंग पराजित


 



काठमाडौं, असोज २९
सन २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत नेपाल जोर्डनसंग पराजित भएको छ ।

दोस्रो चरणको समूह ‘बी’ को खेलमा नेपाल जोर्डनसंग पराजित हुन पुगको हो । जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित हुन पुगको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खायो । जोर्डनको जितमा फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले एक÷एक गोल गरे ।

खेलको ५६ औं मिनेटमा फेरासले पेनाल्टीमार्फर्त क गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी हान्ने मौका पाएको थियो ।

यस्तै, ८७ औं मिनेटमा अहमेद र ८८ औं मिनेटमा फैसलले गोल गरेका थिए । समूह ‘बी’मा अस्टे«जिलया नौं अंकसहित शीर्षस्थानमा छ भने सात अंक सहित जोर्डन दोस्रो स्थानमा छ ।

चार अंकसहित कुबेत तेस्रो र तीन अंकसहित नेपाल चौथो स्थानमा रहेको छ । अंकविहीन अवस्थामा रहेको चाइनिज ताइपेई तालिकाको अन्तिममा छ ।

ार अंकसहित कुबेत तेस्रो र तीन अंकसहित नेपाल चौथो स्थानमा रहेको छ । अंकविहीन अवस्थामा रहेको चाइनिज ताइपेई तालिकाको अन्तिममा छ ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्