नेपालको विद्युत अब बंगलादेशमा, भारत पनि सहमत


 



काठमाडौं, असोज ३०
नेपालको विद्युत अब भारत पनि निर्यात हुने भएको छ । जसका लागि भारत पनि आफ्नो भूमि र पूर्वाधार प्रयोग गर्न दिन सकारात्मक देखिएको छ ।

नौं हजार मेगावाटसम्म नेपालको विद्युत खरिद गर्ने बंगलादेशको अपेक्षा पूरा हुने भएको छ । गोरखापत्रमा खबर छ ।

यसका लागि आवश्यक छलफल गर्न भारतको विदेश मन्त्रालयले नेपाल–भारत–बंगलादेश उर्जा सचिवस्तरीय त्रिपक्षीय बैठक बोलाउने भएको छ ।

आगामी वर्षको वर्षायाममै नेपालका विद्युत माग भन्दा धेरै उत्पादन हुने देखिएपछि सरकारले निर्यातका लागि गर्नुपर्ने पूर्वतयारीलाई तीब्रता दिइरहेको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्