दिपावली तथा छठको अवसरमा पेनाल्टी सुटआउट


 



धनगढी, असोज ३०
दिपावली तथा छठ पर्वको अवसरमा धनगढीमा पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

धनगढी युवा क्लवको आयोजनामा आगामी कार्तिक ८ गतेदेखि प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगिता आयोजक धनगढी युवा क्लवले आज विहान धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी सुरु भइसकेको जानकारी दिएको हो ।

प्रतियोगितामा टीम दर्ता शुल्क तीन हजार राखिएको छ । प्रतियोगिताको विजेताले नगद ५५ हजार पाँच सयसहित ट्रफी तथा प्रमाणपत्र राखिएको छ ।

उस्तै, उपविजेताले नगद २७ हजार पाँच सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने युवा क्लवका अध्यक्ष मोहनराज ओझाले बताए । सर्वाधिक गोलकर्ताले १५ सय र उत्कृट गोल रक्षकले १५ सय पाउनेछन् ।

हालसम्म ३० टीम दर्ता भइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा ५० टीमले सहभागिता जनाउने बताइएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्