अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज, कस्तो छ स्वास्थ्य अवस्था?


 


मुम्बई

बलिउड महानायक अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । मुम्बईको नानावती अस्पतालमा चारदिन देखि उपचाररत बच्चनलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेको भारतीय मिडियाले जनाएका छन् ।

नियमित चेकअप भन्दै उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई लिन पत्नी जया र छोरा अभिषेक पुगेका थिए ।

यसलाई नियमित चेकजाँच भनिए पनि बिहान तीन बजे अस्पताल किन लगियो भन्ने बारे यथार्थ जानकारी अझै बाहिर आएको छैन ।

अहिले अमिताभको स्वास्थ्य अवस्था ठीक रहेको बताइए पनि अस्पतालले कुनै सूचना जारी गरेको छैन ।

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्