कैलालीको गोदावरीबाट डेढ लाख रुपैयाँसहित २८ जना जुवाडे पक्राउ (नाम ठेगानासहित)


 



कैलाली, कार्तिक ४
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरबाट प्रहरीले डेड लाख बढी रुपैयाँसहित २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

आइतबार राति ११ बजेको समयमा बीरबहादुर वलीले सञ्चालन गरेको वली होटलबाट प्रहरीले एक लाख ५६ हजार तीन सय ८२ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

होटलमा जुवातास भइरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सबै वडा नम्बर ७ कै छन् । प्रहरीकाअनुसार पक्राउ पर्नेमा ३५ वर्षीय टेकबहादुर वली, वर्ष ३६ का मानबहादुर सिंह, वर्ष ३६ का कृष्ण चन्द, वर्ष ५१ का डम्बरबहादुर बोहरा, वर्ष ३९ का खडक वली, वर्ष ३२ का नरेन्द्र बोहरा, वर्ष २६ का केपीबहादुर साउँद, वर्ष ४० का प्रेम नेपाली, वर्ष ३० का लोकबहादुर साउँद, वर्ष ३९ का डिल्लीराज फुलारा पक्राउ परेका छन् ।

त्यस्तै, वडा नम्बर ७ कै वर्ष ३० का हरिष बम, वर्ष ३७ का चक्र ऐर, वर्ष ४५ का कर्ण चिराल, वर्ष ३९ का नरबहादुुर थापा, वर्ष ४० का रुद्र बम, वर्ष २९ का अमर उपाधयाय, वर्ष २९ का पदमराज जोशी, वर्ष ३० का प्रकाश साउँद, वर्ष २८ का दिपे चोखाल, वर्ष २८ का दिपक वली, वर्ष ४० का भीमबहादुर साउँद, वर्ष २४ का नरेश कार्की, वर्ष १९ का नृप नेपाली, वर्ष ३५ का रती वली, वर्ष
२३ का भरत साउँद, वर्ष ३३ का रामबहादुर कठायत, वर्ष ३२ का प्रकाश सार्की र वर्ष २६ का पुरन साउँद पक्राउ परेका छन् ।

पक्राउ पर्ने सबै वडा नम्बर ७ कै रहेका छन् । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्