इन्डियन आइडलमा आएका प्रतियोगीले नेहा कक्कडलाई जबरजस्ती किस गरेपछि…


 


मुम्बइ

इन्डियन आइडलमा आएका प्रतियोगीले नेहा कक्कडलाई जबरजस्ती किस गरेपछि…

गायन रियालिटी शो इण्डियन आइडलमा आएका एक प्रतियोगीले गायिका नेहा कक्कडलाई जबरजस्ती चुम्बन अर्थात किस गरेका छन् । सार्वजनिक एक एक प्रतियोगीले जज नेहा कक्कडलाई कसेर चुम्बन गरिरहेको देखिन्छ । नेहा अस्वीकारा गर्न खोजिरहेको पनि देखिन्छ ।

यो भिडियो सोनी टिभीको आधिकारिक ट्वीटर अकाउन्टमा सेयर गरिएको छ । भिडियोमा देखिए अनुसार एक प्रतियोगी थुप्रै उपहार लिएर स्टेजमा पुग्छन् । उनी एकएक गरेर सबै उपहार नेहालाई दिन्छन् । उपहार लिएपछि नेहाले उनलाई अँगालो हाल्छिन् र ती प्रतियोगीले मौकाको फाइदा उठाउँदै उनको गालामा चुम्बन गर्छन् । त्यसपछि नेहा आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भाग्छिन् । यो घटनापछि त्यहाँ उपस्थित सबैजना अचम्मित हुन्छन् ।

यो घटनाबारे अर्का जज विशाल ददलानीले आफूले पुलिसलाई बोलाउन चाहेको तर नेहाले ती व्यक्तिलाई जान दिएको बताएका छन् । साथै ति व्यक्ति मानसिक रोगी रहेकाले उचित अस्पतालमा उपचार गराउन पनि नेहाले भनेको उनले सुनाए ।

नेहाबाहेक विशाल ददलानी र अनु मलिक पनि जजको रुपमा उक्त कार्यक्रमसँग जोडिएका छन् । एकातर्फ यो मामलामा धेरैले रिस व्यक्त गरिरहेका छन् भने कतिले यसलाई टिआरपी पाउनका लागि पब्लिसिटी स्टन्ट बताइरहेका छन् ।

ट्वीटरमा एक प्रयोगकर्ताले विशाल ददलानीलाई प्रश्न सोधे, ‘सर ती व्यक्तिलाई यति सजिलै जान दिन हुँदैनथ्यो’ यसमा विशालले जवाफ दिए, ‘म पुलिस बोलाइयोस् भन्ने चाहन्थेँ तर नेहाले उसलाई जान दिइन् । ती पुरुषलाई मानसिक उपचारको खाँचो छ, हामी उसलाई यसमा मद्दत गर्नेछौं ।’

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्