‘बाहुबली’ प्रभासको बास्तविक नाम के हो ? मनाउँदैछन् आज जन्मदिन


 



एजेन्सी
बलिउड हिन्दी फिल्म ‘बाहुबली’बाट निकै चर्चामा आएका बलिउड नायक प्रभासले आज जन्मदिन मनाउँदैछन् ।

उनको फिल्म ‘बाहुबली’ निकै चर्चामा आएको थियो । उनको बास्तविक नाम के हो भन्ने धेरै थाहा छैन । उनको वास्तविक नाम ‘बेंकटा सत्यनारायणा प्रभास राजु अप्पलापति’ हो ।

तर, उनी प्रभास नामले नै परिचित छन् । दक्षिण भारतीय सिनेजगतमा पहिलादेखि नै चर्चामा रहेका प्रभास ‘बाहुबली’बाट बढी चर्चामा आए ।

उनको जन्म १९७९ अक्टोबर २३ मा मद्रासमा भएको हो । २००२ मा तेलेगु फिल्म ‘ईश्वर’ बाट आफ्नो फिल्म करिअर सुरु गरेका प्रभास सन २०१४ मा ‘एक्सन, ज्याक्सन’ फिल्मबाट बलिउडमा प्रवेश गरेका हुन् ।

उनले सन २०१५ मा बाहुबली फिल्ममा काम गरे । जुन चर्चित बन्यो । उनी पनि थप चर्चाको शिखरमा पुगे ।

‘बाहुबली २’ पनि थप चर्चित बन्यो । बाहुबलीका लागि उनले कैयौं अफरहरु पनि इन्कार गरेका छन् । उनलाई अहिलेसम्म ६ हजार बढी विहेका अफरहरु आइसकेको बताइएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्