देव विकास बैंक हिनामिना प्रकरण : पाँच जना कारागार चलान


 


दाङ, कार्तिक ७
दाङको नारायणपुरस्थित तत्कालिन वेष्टर्न डेभेलपमेन्ट बैंक हालको देव विकास बैंकको रकम हिनामिना प्रकरणमा पाँच जना कारागार चलान भएका छन् । उच्च अदालत तुलसीपुरको वाािण्ज्य इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला गरेको हो । बाँकी आठ जनालाई धरौटीमा छोडिएको छ ।

अदालतका मुख्य न्यायाधीश रमेश पोखरेल र ऋषिराज दवाडीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । अदालतले तत्कालिन वेष्टर्न बैंक नारायणपुरका शाखा प्रमुख समिर बुढाथोकी, कर्मचारी अनिल न्यौपाने, खातावाल बसन्तबहादुर बुढाथोृकी, झगबहादुर डाँगी र विजय गुप्तालाई कारागार चलान गरेको हो ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्