नेपाल लोकस्टारको ग्राण्ड फिनाले आज, कतिबेलासम्म छ भोट गर्ने समय ?


 


काठमाडौं, कार्तिक ८
मोलिक रियालिटी शो ‘नेपाल लोकस्टार’ ग्राण्ड फिनाले आज हुँदैछ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमार्गमा ग्राण्ड फिनाले हुने आयोजकले जनाएको छ ।

आज दिउँसो ४ बजेदेखि नै फिनाले हुनेछ । उक्त ग्राण्ड फिनालेको लागि फाइनलमा पुगेका चार जना प्रतिस्पर्थीमध्ये एक जना पहिलो नेपाल लोकस्टार घोषणा हुनेछ । फाइनलमा रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे पुगेका छन् ।

पहिलो नेपाल लोकस्टार छान्नका लागि गत शनिबार दिउँसोदेखि नै भोटिङ खुला गरिसकेको थियो । आज दिउँसो १२ बजेसम्म भोट गर्न सकिने व्यवस्था छ । प्राप्त भोटकै आधारमा पहिलो नेपाल लोकस्टार घोषणा गरिने छ ।

नेपाल लोकस्टारमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउनेछन् । आयोजककाअनुसार दोस्रो हुनेले २५ लाख र तेस्रो हुनेले १० लाख रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्