कोहलीबिना भारतीय क्रिकेट टालीको घोषणा, कसलाई दिइयो कप्तानको जिम्मेवारी ?



एजेन्सी,
बंगलादेशविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिजका लागि भारतले कप्तान बिराट कोहलीबिना नै टीम घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले नियमित कप्तान कोहलीलाई विश्राम दिइएको जनाएको छ । टीपका ओपनर रोहित शर्माको कप्तानीमा टोली घोषणा गरिएको हो ।

टोलीमा विकेटकिपर सन्जु स्यामसनले चार वर्षपछि स्थान बनाएका छन् । आइपीएलमा उत्कृष्ठ प्रदर्शन गरेका सञ्जुले २०१५ पछि टोलीमा पुनरागमन गरेका हुन् ।

अलराउण्डर शिवम दुबेले पनि पहिलो पटक स्थान बनाएका छन् । भारत र बंगलादेशबीच पहिलो टी–२० खेल कार्तिक १७ गते दिल्लीमा हुँदैछ । दोस्रो र तेस्रो खेल २१ गते र २४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News