सुनचाँदीको मूल्य फेरि बढ्यो


 



काठमाडौं, कार्तिक १५
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार दुई सय रपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ७० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्