खुसीको खबर : अब विद्यालयको अध्यक्ष बन्न यस्तो आयो कानून


 


काठमाडौं,कात्तिक १७
शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्षबन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको

नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ नगर शिक्षा नियमावलीअनुसारमाध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्नउच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण हुनुपर्ने नियम लागू गरेको हो

नगर शिक्षा समितिका संयोजक एवं नगर प्रमूख नरेन्द्र गुप्तालेसामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको सञ्चालक समितिको अध्यक्षको शैक्षिक योग्यताले महत्वपूर्ण भूमिकाखेल्न सक्ने भएकाले सो नियमावली कार्यान्वयनको थालनी गरिएको जानकारी दिए।

सोही शैक्षिक योग्यताका आधारमा वडा शिक्षासमितिबाट सिफारिस भई आएका तीन जना नामावलीउपर नगर शिक्षा समितिले एक जनालाई विद्यालयको सञ्चालक समितिकोअध्यक्ष पदमा बहाली गर्ने गरेको भने बाँकी सदस्य नियमानुसार चयन हुने गरेका छन्

यस निर्णयसँगै सामुदायिक विद्यालयकासञ्चालक समितिको अध्यक्षमा अध्ययन गरेको योग्य व्यक्ति आउने भएपछि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा निकै सघाउ पुग्नेअपेक्षा गरिएको नगर प्रमूख एवं नगर शिक्षा समितिका संयोजक गुप्ताले बताए। तत्कालको अवस्थामा नगरभित्र विद्यालय सञ्चालकसमितिको म्याद सकिएका विद्यालयमा सोहीअनुसार नगर शिक्षा समितिले सञ्चालक समिति बनाउने गरेको

यसअगावै रामग्रामनगरपालिकाले सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय गाभ्ने अभियान, आन्तरिक स्रोत व्यवस्थापनलगायतका काम थालनी गरिसकेको रामग्राम नगरपालिकाभित्र जम्मा ३३ वटा सामुदायिक विद्यालय रहेका छन्

प्रकाशित मिति: १७ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्