सुनको मूल्य घट्यो, कति छ आज ?


 



काठमाडौं, कात्तिक १८
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला आठ सय ७० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्