अब यूएईमा निःशुल्क जान पाइने, यस्तो भयो सम्झौता


 



काठमाडौं, कात्तिक १९
नेपाली अब कामदारले युनाइटेड अरब इमिरेट्स (यूएई) निःशुल्क जान पाउने भएका छन् ।नेपाल र यूएईबीच असारमा भएको सम्झौता सोमबारदेखि कार्यान्वयनमा आएसंग अब नेपाली कामदारले यूएई निःशुल्क जान पाउने भएका हुन् ।

नेपाली कामदारका लागि तेस्रो ठूलो गन्तव्यका रुपमा रहेको यूएई र नेपालबीच यस विषयमा सम्झौता भएपनि लामो समयदेखि टुंगो लाग्न सकेको थिएन । सम्झौताअनुसार अब कामदारले अभिमुखीकरण शुल्कका लागि सात सय, कल्याण्कारी कोषका लागि १५ सय र उमेरअनुसार हुने बिमाबाहेक कुनै शुल्क लाग्ने छैन ।

म्यानपावर व्यवसायीलाई दिने सेवा शुल्कसहित अन्य सबै शुल्क रोजगारदाताले नै बेहोर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए ।

प्रकाशित मिति: १९ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्