सुनचाँदीको मूल्य आज थप घट्यो


 



काठमाडौं, कात्तिक १९
नेपाली बजारमा आज सुनचाँदीको मूल्य थप घटेको छ । सुन आज तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार आठ सय रुपैयाँ कायम भएको छ । सुन हिजो ७१ हजार रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ६५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्