सुनचाँदीको मूल्य ओरालो लाग्दै, हेर्नुहोस् कतिमा झर्यो आज ?


 



काठमाडौं, कात्तिक २०
नेपाली बजारमा केही दिनदेखि सुनचाँदीको मूल्य ओरालो लाग्दै गइरहेको छ । सुन आज पनि तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला आठ सय ४५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्