नक्कली कागजात बनाएर चार करोड ६० लाख ठगी, ६ जना पक्राउ


 



झापा, कात्तिक २१
झापामा नक्कली कागजात गरि चार करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ परेका छन् । राजमार्गको जग्गा देखाएर खोलाको जग्गा धितो राखी गठी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली कागजात देखाएर ठगी गर्ने सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका ईन्जिनियर भेषराज खत्री, मोरङ बेलबारी–३ का ईन्जिनियर कर्ण चामलिङ, कमवानपुर हेटौडा–४ घर भई काठमाडौं नयाँ बानेश्वर बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौं–३ महाराजगञ्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ र चितवन भण्डारा–९ घर भई हाल काठमाडौं नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलियालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले नक्कली कागजात बनाएर काठमाडौं बस्ने सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीका लागि बैंकबाट चार करोड ६० लाख रुपैयाँ कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनीहरुमाथि बैंकिङ कसुर र सरकारी टाप कीर्ते गरि नक्कली कागजात तयार गरेको आरापमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्