सुनचाँदीको मूल्य फेरि बढ्यो, कति छ आज ?


 



काठमाडौं, कात्तिक २१
नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ७० हजार ६ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ५० रुपैयाँमा पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्