बहालवाला मन्त्री नै फरार, सम्पत्ति शुद्धीकरणले हान्यो छापा


 



काठमाडौं, कात्तिक २२
अपराधिक गतिविधिबाटसमेत सम्पत्ति आर्जन गरेको आरोपमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल छानविनको दायरामा परेका छन् । उनी अहिले ठगी र किर्ते मुद्दामा फरार रहेका छन् । नयाँ पत्रिमा खबर छ ।

गठी र किर्ते मुद्दामा फरार रहेको राज्यमन्त्री रावलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन अघि बढाएको छ । रावलमाथि छानविनका लागि विभागले नेपाल प्रहरीका एसपी कमल थापाको नेतृत्वमा विशेष छानविन टोली गठन गरेको छ ।

टोलीले केही दिन यता सुदूरपश्चिममै बसेर छानविन थालेको हो । टोलीले बुधबार मन्त्रीको कारोबार सम्बन्धी विभिन्न कागजात जफत गरेको छ । बहालवाला मन्त्रीमाथि यसरी विभागले छानविन थालेको पहिलो पटक हो ।

रावलमाथि साउनमै जिल्ला अदालत कञ्चनपुरमा गठी तथा किर्ते मुद्दा यादर भइसेकेको छ । सोही मुद्दाको ‘सम्बद्ध मुद्दा’ का रुपमा सम्पत्ति शुद्धीकरणले उनको सम्पत्ति छानविन थालेको हो । उनीमाथि साढे १५ करोड विगोदाबीसहित मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्