जाँडको झोलले बिग्रिए चक्र, थरुनीसंग फसे (भिडियोसहित)


 



काठमाडौं, कात्तिक २२
चर्चित गायक चक्र बमले आफ्नो पछिल्लो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले ‘पहाडिया बिग्रियो जाँडको झोलमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उनले आफ्नै युटुव च्यानलमार्फत गीत सार्वजनिक गरेका छन् ।

आफ्नो शब्द तथा संगीत रहको गीमा उनले स्वर पनि आफै दिएका छन् भने अभिनय पनि आफै गरेका छन् । उनलाई अञ्जु कुश्मीले साथ दिएकी छन् । गीतको भिडियोमा पश्चिम नेपालका थारुहरुको कला, संस्कृति र चालचललाई देखाइएको छ ।

जहाँ जाँडको प्रयोग बढी मात्रामा हुने गरेको छ । जाँड व्इवसायका लागि भन्दा पनि पाहुनाको स्वागत र देवी देवतलाई चढाउन प्रयोग गरिन्छ । बिक्रम चौहानको निर्देशनमा तयार गरिएको गीतको भिडियो छायांकन प्रकाश खड्काले गरेका छन् ।

हेर्नुहोस् भिडियो…

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्