सुनको मूल्य तोलामा सात सय घट्यो, कति छ आजको भाउ ?


 



काठमाडौं, कात्तिक २२
सुनचाँदीको मूल्य आज फेरि ओरालो लागेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला आठ सय ३५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्