तेक्वान्दोमा नेपाललाई रजतसहित ६ पदक, बक्सिङमा स्वर्ण


 



काठमाडौं, कात्तिक २४
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा चीनको सहान शहरमा भएकोे ‘द बेल्ट एण्ड रोड चाइना इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसीप’मा नेपालले एक रजत पाँच कास्यसहित ६ पदक जितेको छन् ।

नेपाली तेक्वान्दो टोलीका तीन खेलाडीले उक्त पदक जितेका हुन् । जसमा ज्ञानेन्द्र हमालले रजत पदक,, काजल श्रेष्ठ, युनिसा राई, भुपेन राई, निशा रावल र मनोज मल्लले कास्य पदक जितेका हुन् ।

महिलातर्फ काजलले ४६ केजीमूनि, युनिशाले ४९ कजी मूनि र पुरुषतर्फ मनोजले ५४ केजीमूनिको तौल समूहमाम पदक जितेका हुन् । प्रतियोगितामा नतिजाले १३ औं सागका लागि फाइदा पुग्ने बताइएको छ ।

महिलातर्फ निशा रावल ७३ केजीमागिका चीनका खेलाडीसंग पराजित हुँदै कास्य पदक, पुरुषतर्फ भुपेन श्रेष्ठले ८७ केजीमूनि कास्य पदक र पुरुषतर्फ ज्ञानेन्द्र हमालले रजत जिते ।

त्यस्तै, चीनमा भएको याइन्यास्टि प्रोपर्टी ग्रान्डस्लाम एसियाली बक्सिङ च्याम्पियनसीमा नेपाली खेलाडी प्रदीप महर्जनलले स्वर्ण जितेका छन् । प्रदिपले पुरुष ४९ केजीको फाइनलमा चीनका खेलाडीलाई पराजित गर्दे स्वर्ण जितेका हुन् ।

प्रकाशित मिति: २४ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्